१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एक युवकलाई जिल्ला अदालतले ११ वर्ष ६ महिना कैद फैसला सुनाएको छ।
जिल्ला न्यायाधिश दिपक खनालको एकल इजालसले बिहीबार उदयपुरको रौतामाई गाउँपालिका ८ का २४ वर्षीय भरत रानामगरलाई कसुर ठहर गर्दै कैदसँगै पीडितलाई शारीरिक र मानसिक क्षतिपूर्ति वापत ५० हजार उपलब्ध गराउन आदेश दिएको हो।
अदालतको आदेशसँगै रानालाई जिल्ला कारागार पठाइएको जिल्ला अदालतका सूचना अधिकारी राजकुमार आचार्यले जानकारी दिए।
२०७६ मंसिर १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कसुरदारविरुद्ध मंसिर ५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका थिए।
लगत्तै उनी पक्राउ परेका थिए। पीडितको निवेदन, प्रहरीको घटना मुचुल्का, प्रमाण र वयानका आधारमा सरकारी वकिल कार्यालयले कसुरदार विरुद्ध कैद सजाय र क्षतिपूर्तिको दावी गर्दै मंसिर २९ गते अदालतमा मुद्दा दाएर गरेको थियो।