रचना र शंकरको आवाज रहेको ‘भोटे ताल्चा’ युट्युबमा

दिपकराज पाठकको शब्दमा ‘भोटे ताल्चा’ बोलको गीत युट्युबमा सार्वजनिक भएको छ। 

गीतमा रचना रिमाल र शंकर दाहालको आवाज रहेको छ। गीतलाई बिपिन आचार्यले संगीतबद्ध गरेका हुन्। 

गीतमा शिशिर भण्डारीका साथमा नवप्रवेशी र प्रतिभावान ६ जना मोडलहरुको अभिनय रहेको छ। 

हालको सांगीतक बजारको बिकृतिलाई पनि समेटिएको गीतमा स्मृति श्रेष्ठ, एलिशाा श्रेष्ठ, श्रद्धा गौतम, सँचिता पाँचकोटी, आकंक्षा तामाङ र सबिता रानाको पनि अभिनय रहेको छ।

गीतलाई सुन्दर लोकेशनमा ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेका हुन् भने गीतमा नृत्य र निर्देशन सन्तोष राजबहाकको रहेको छ। गीतलाई डिन्सन शाहले सम्पादन गरेका हुन्। 

प्रकाशित मिति: : 2020-10-09 14:28:26

प्रतिकृया दिनुहोस्