ओलीको कार्यशैलीमा सुधार नआएपछि नेताहरु सशंकित, मन्त्रीमण्डल हेरफेर अनिश्चित

दिपा दाहाल

काठमाडौं

काठमाडौँ– शीर्ष नेतामा चुलिएको अविश्वाससँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा उत्पन्न लामो आन्तरिक युद्व समाप्तिका लागि गरिएका सहमति एक महिनामै उल्लघंन भएपछि फेरि पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली सुधार नभएको भन्दै नेताहरु सशंकित बनेका छन्।

पछिल्लो स्थायी कमिटी बैठकद्वारा पार्टी अध्यक्षद्वय ओली र पुष्पकम दाहालको कार्यविभाजन र सहकार्यसमेत समावेश गरिएको प्रतिवेदनका निर्णयहरु उल्लघंन भएपछि नेताहरु फेरि पनि सशंकित भएका हुन्।

ओलीले पार्टी निर्णयविपरीत प्रशासनिक र कूटनीतिक नियुक्तिमा हात हाल्नुलाई पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुले ओलीको कार्यशैलीमा सुधार आउन नसकेकोको रुपमा बुझेका छन्।

यस्तै पटकपटक चर्चामा आउँदै सेलाउँदै गरेको मन्त्रीमण्डल हेरफेरमा ओली र दाहालबीच सहमति बन्न बिलम्ब हुँदा त्यसमा पनि ओलीबाट पार्टी निर्णय उल्लघंन हुने हो की भन्ने थप सशंय नेताहरुमा उत्पन्न भएको छ।

गत भदौ २६ गतेको स्थायी कमिटी बैठकले ओलीले यो कार्यकालभरि प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारको नेतृत्व गर्ने र उनी सरकारको काममा केन्द्रित हुने, दाहालले कार्यकारी अधिकारसहित पार्टीका बैठकहरुको सञ्चालन, निर्णयहरुको कार्यान्वयन र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रित हुने सहमति बनेको थियो। त्यसक्रममा अध्यक्षद्वयले पार्टी र सरकारबीचको कामलाई संस्थागतरुपमा अघि बढाउन समन्वय गर्नेसमेत भनिएको थियो।

त्योसँगै यो बीचमा असोज ४, ५ र २० गतेका तीन वटा सचिवालय बैठकमा भएका समझदारीबिपरित ओलीले लोकदर्शन रेग्मीलाई बेलायतस्थित नेपाली राजदूत बनाउने शर्तमा मुख्यसचिवबाट राजीनामा दिन लगाई, मुख्यसचिवमा परराष्ट्रसचिव शंकर बैरागीलाई नियुक्ति गरेका थिए।

प्रकाशित मिति: : 2020-10-09 15:00:13

प्रतिकृया दिनुहोस्