मोरङको बेलबारीमा जुवा खेलिरहेका ६ पक्राउ

मोरङको बेलबारी नगरपालिका ४ गर्जुराम टोलमा जुवा खेलिरहेका ६ जना पक्राउ परेका छन् ।

अशोक राईको घरमा जुवा खेलिरहेकालाई शुक्रबार बेलुका साढे ६ बजे जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बेलबारी नगरपालिका ३ मैनावारी टोल बस्ने ४० वर्षीय रित गुरुङ, बेलबारी नगरपालिका ११ लक्ष्मीमार्ग बस्ने ५६ वर्षीय सुजय गौतम, सोही ठाउँका ५२ वर्षीय चन्द्र लिम्बु, झापाको दमक नगरपालिका ५ मन्टेश्वरी टोलका ३२ वर्षीय धमेन्द्र राई, सुनसरीको ईटहरी उपमहानगरपालिका १ हलगडा बस्ने ४७ वर्षीय प्रदीप तामाङ र धनुषाको चारनाथ गणेशमान नगरपालिका८ पोर्ताहा बस्ने ५० वर्षीय पर्शुराम भुजेल छन् ।

उनीहरुको साथबाट एक सेट कौडा, तीन बुक तास, २ लाख ५३ हजार नगद तथा स्कार्पियो गाडी, मोटरसाइकल र स्कुटरसमेत बरामद गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित मिति: : 2020-10-10 04:44:00

प्रतिकृया दिनुहोस्