जुम्ला। चन्दननाथ नगरपालिका ९ बयालकाटियाका २५ वर्षीया ट्याक्टर चालक धन गिरी बेपत्ता भएका छन्।
गुठिचौर गाउँपालिका वडा नम्वर १ को मणिसाँघुका स्थानीय कर्ण बस्नेतको घरमा सिमेन्ट, सरिया लगाएका सामग्री पुगाएर फर्किएका उनी असोज १५ गतेबाट बेपत्ता भएका हुन्।
उनी हालसम्म बेपत्ता रहेको आफन्त तुलराज गिरीले जानकारी दिएका छन्।
लु ३ त ९६२२ नम्वरको ट्याक्टर चलाउने उनी सम्पर्क विहिन भएको ट्याक्टर मालिक रेणु शाहीले जानकारी दिएकी छन्।
गुठिचौर गाउँपालिकाको लामा बगर भन्ने स्थानमा चालकमाथि अज्ञात समूहबाट कुटपिट भएदेखि उनको अवस्था अज्ञात रहेकाे छ।
लामाे समयदेखि उनी सम्पर्कमा नरहेपछि प्रहरीलाई खोजबिन गर्न अनुरोध गरेको समेत गिरीले बताए।