कोरोनालाई नियन्त्रणमा राखेको पुरस्कार पाउन सक्छिन् न्युजिल्याण्डकी प्रधानमन्त्रीले

विश्वका लागि टाउको दुखाईको कारण बनेको कोरोना भायरसलाई सुरुदेखि नै नियन्त्रणमा राखेको न्युजिल्याण्डमा चुनाव हुन गइरहेको छ। 

यो चुनावमा सबैभन्दा ठूलो फाइदा यहाँकी प्रधानमन्त्री जेसिन्डा अर्डर्नले उठाउन सक्ने सम्भावना बलियो छ।

कोरोनाविरूद्ध उनको सरकारले निकै राम्रो काम गरेको छ। 

उनको कामको मूल्यांकन गर्दै विश्वका धनाढ्य मानिसहरू न्युजिल्याण्डमा लगानी गर्न खोजिरहेका छन्।

यस देशमा कोरोना संक्रमितको रिकभरी रेट पनि राम्रो छ। कोरोनाका लागि निर्माण गरिएको इन्डेक्स रेटिङमा न्युजिल्याण्ड २ सय ३८ स्थानमा छ। अमेरिका यो सूचीमा १० औं स्थानमा छ। 

ब्लुमबर्ग पत्रिकाको एक रिपोर्टमा जेसिन्डाले उत्कृष्ट काम गरेको दावी गरेको छ। उसले यसको फाइदा चुनावमा हुने पनि लेखेको छ।

न्युजिल्याण्डमा चुनाव १७ अक्टुबरमा हुदैछ। १ सय २० सिटका लागि हुने मतदानमा बहुमतका लागि ६१ सिट अनिवार्य मानिन्छ।

प्रकाशित मिति: : 2020-10-11 11:18:00

प्रतिकृया दिनुहोस्