एर्लिन हालान्डको पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक ह्याट्रिकसँगै नर्वेले युइएफए नेसन्स लिगको तेस्रो राउन्डको खेलमा प्रभावशाली जित निकालेको छ।
आइतबार राति घरेलु मैदानमा भएको खेलमा समूह बी वानमा रहेको नर्वेले रोमानियालाई ४–० ले पराजित गर्ने क्रममा हालान्डले ह्याट्रिक गरेका हुन्।
२० वर्षीय युवा फरवार्ड हालान्डले पहिलो एक तथा दोस्रो हाफमा दुई गोल गर्दै राष्ट्रिय टोलीबाट पहिलो ह्याट्रिक पुरा गरे।
नर्वेले खेलको १३औं मिनेटमा हालान्डको गोलबाट अग्रता लिएको थियो। उनले स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर मार्टिन ओडगार्डको पासमा गोल गरेका थिए।
३९औं मिनेटमा एलेक्सान्डर सोरलोथले बर्गर मेलिङको पासमा गोल गरेपछि नर्वेले पहिलो हाफमा २–० को अग्रता कायम गर्यो।
दोस्रो हाफको दुवै गोल हालान्डको गरे। ६४औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गर्दै नर्वेलाई फराकिलो जिततर्फ अग्रसर गराए। हालान्डले ओडेगार्डकै पासमा क्लोज रेन्जबाट गोल गर्न सफल भएका थिए।
त्यसको १० मिनेटपछि सोरलोथको पासमा हालान्डले गोल गर्दै राष्ट्रिय टोलीबाट पहिलो ह्याट्रिक पुरा गर्दै नर्वेलाई ४–० को सानदार जित दिलाए।
२०१९ देखि राष्ट्रिय टोलीमा रहेका हालान्डले नर्वेबाट ६ खेल खेल्दै ६ अन्तर्राष्ट्रिय गोल गर्न सफल भएका छन्।
जितसँगै नर्वेको लिग ‘बी’ १ मा तीन खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा उक्लन सफल भएको छ। पराजित रोमानिया ४ अंकसहित तेस्रो स्थानमा छ।
नर्वेले पछिल्ला १८ खेलमा लगातार गोल गर्दै आएको छ। पछिल्लो पटक उसले गोल गर्न नसकेको खेल सन् २०१८ को सेप्टेम्बरमा बुल्गेरियासँगको भएको प्रतिस्पर्धा हो।
नेसन्स लिग अन्तर्गतको सो खेलमा बेल्जियम १–० ले पराजित भएको थियो। त्यसयताका हरेक खेलमा उसले गोल गरेको छ।