दाङको तुलसीपुरमा १७ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार

बिएल नेपाली सेवा
फाइल तस्वीर

दाङको तुलसीपुरमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ। 

तुलसीपुर उपमहानगरपालिका ५ रानीजरुवा निवासी १७ वर्षीया एक किशोरीमाथि सामूहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए।

उनका अनुसार  तुलसीपुर ५ का १८ वर्षीय विष्णु बुढाथोकी र तुलसीपुर ७ निवासी १८ वर्षका करण सार्कीले खाली घरमा लगेर सामूहिक बलात्कार गरेको पीडित किशोरीले जाहेरी दिएकी छन्। 

आरोपित दुबै  किशोर फरार रहेको डिएसपी शाहीले बताए। उनीहरूको खोजी भइरहेको छ। 

आमा बाबु नभएकी र हजुर आमासँग बस्दै आएकी पीडित किशाेरीले दिएको जाहेरी अनुसार असोज २२ गते राति ११ बजे तुलसीपुर ५ रानी जरुवा क्षेत्रको एउटा रित्तो घरको भान्सा लगेर उनीहरूले सामूहिक बलात्कार गरेका थिए। 

उनीहरूले ती किशोरीलाई असोज २३ गते पनि बन्धक बनाएर राखेर बलात्कार गरेको निवेदनमा उल्लेख गरेकी छन्। 

ती किशोरी बेपत्ता भएपछि खोजी गर्दै जाने क्रममा उनी बाटोमा रुँदै हिँडिरहेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ।

उनले भने, ‘विश्वासमा परेर उनी बेलुकी पख केटी साथीहरू सँगै घुम्दै झुलुंगे पुलसम्म गएकी रहेछिन्। त्यसपछि उनलाई उनीहरूले बोलाएर ललाई फकाई गरेर रातिमा सामूहिक बलात्कार गरेको भन्ने खुल्न आएको छ।’

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति: : 2020-10-12 18:13:00

प्रतिकृया दिनुहोस्