आफ्नै खाताबाट यसरी लिन सकिन्छ, दशैंका लागि नयाँ नोट

नयाँ नोट
नयाँ नोट

कोभिड–१९ संक्रमणको जोखिमका कारण नेपाल राष्ट्र बैंकले यसपालि दशैं लक्षित नयाँ नोट सटही नगर्ने निर्णय गरेको छ । अघिल्ला वर्षहरुमा राष्ट्र बैंकले आफ्ना कार्यालयहरुका साथै विभिन्न बैंकहरु मार्फत् नयाँ नोटको सटही गर्ने व्यवस्था मिलाउँदै आएको थियो । सर्वसाधारणहरुले दशैंका लागि आवश्यक पर्ने नयाँ नोट लाइन बसेर सटही गथ्र्ये ।

महामारीको रुपमा फैलिएको कोरोना भाइसर नोट सटहीको व्यवस्था गर्दा संक्रमणको जोखिम बढ्ने भएकाले सटही नगर्ने निर्णय गरिएको राष्ट्र बैंकको भनाइ छ । तरपनि आवश्यक पर्नेले आफ्नै खाताबाट नयाँ तथा सुकिला नोट लिन सक्ने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए ।

‘नोट सटही गर्दा लामो लाइन बस्ने र भिड हुन गई संक्रमणको जोखिम झनै बढने भएकाले यसपटक सटही नगर्ने निर्णय गरिएको हो,’ प्रवक्ता भट्टले भने ‘केही मात्रमा आवश्यक पर्नेलाई बैंकबाट आफ्नो खातामा रहेको रकम झिक्दा नयाँ तथा सुकिला नोट दिने व्यवस्था भने हुन्छ ।’

ग्राहकले एटीएमबाट रकम झिक्दा समेत नयाँ तथा सुकिला नोट प्राप्त गर्न सक्ने उनले जानकारी दिए ।
राष्ट्र बैंकले दशैंको बेलामा ५, १०, २०, ५०, १ सय र ५ सय रुपैयाँ दरका नयाँ नोट सटही गर्दै आएको थियो । यस वर्ष भने राष्ट्र बैंकसँग नयाँ नोट मौज्दात भएपनि कोभिड संक्रमणको जोखिमका कारण नोट सटही असम्भव भएको हो ।

प्रकाशित मिति: : 2020-10-13 10:37:00

प्रतिकृया दिनुहोस्