श्रीमानको शव जल्दै गर्दा श्रीमति बितेपछि

दक्षिणी झापाको कचनकवल गाउँपालिकामा श्रीमानको दाह–संस्कार गरिरहेको अवस्थामा श्रीमतीको पनि निधन भएपछि परिवारमा दोहोरो शोकको माहौल बनेको छ। 

कचनकवल गाउँपालिका ६ बनियानीका ७१ वर्षीय हेमलाल घिमिरेको सोमबार साँझ निधन भएको थियो। 

उनको अन्तिम दाह संस्कार मेची खोलमा भइरहेको अवस्थामा हेमलालकी श्रीमती हिमाले मंगलबार बिहान ११ बजे प्राण त्याग गरेकी थिइन। 

श्रीमानको मेची खोलामा दाह संस्कार गर्दा गर्दै श्रीमतीको निधनको खबर थाहा पाएपछि केही मलामी घर फर्किएका थिए । 

श्रीमानको शवमा आगो सल्काई सकेका कारण दुबैको सँगै दाह–संस्कार गर्न नसकिएको गाउँलेले बताएका छन्। 

श्रीमानको शव जल्दै गर्दा श्रीमतीको शव घाट पुर्‍याइएको थियो। उनीहरूको निधन १८ घण्टाको अवधिमा भएको हो।

प्रकाशित मिति: : 2020-10-13 17:32:00

प्रतिकृया दिनुहोस्