पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरसकाे संक्रमण भएको छ।
यूईएफए नेसन्स लिग अन्तर्गत बुधबार स्विडेनको सामना गर्ने तयारीमा रहेकाे पोर्चुगलको टोलीकाे परीक्षण गर्दा उनमा संक्रमण देखिएकाे पोर्चुगिज फुटबल महासंघले पुष्टि गरेको छ।
अन्य सदस्यमा भने संक्रमण देखिएको छैन।
यूईएफए नेसन्स लिग तथा मैत्रीपूर्ण खेलका लागि हाल राष्ट्रिय टोलीको रहेका रोनाल्डोकाे नतिजा पोजिटिभ आएपनि हालसम्म उनमा कुनै लक्षण नदेखिएको महासंघले जनाएको छ।
रोनाल्डोलाई सेल्फ आइसोलेसनमा बस्नका लागि घर पठाइएको छ।
रोनाल्डोलाई संक्रमण भएसँगै उनले अब पोर्चुगलले बुधबार खेल्ने खेलसँगै क्लब फुटबलमा पनि केहि खेल गुमाउने छन्।
उनले देशका दुई खेले खेलेका थिए। उनले स्पेनसँग मैत्रीपूर्ण फुटबल र फ्रान्ससँग नेसन्स लिगमा खेलेका थिए।
दुबै खेल गोलरहित बराबरीमा सकिएको थियो।