बोलिभियासँग अर्जेन्टिनाको साँघुराे जित

विश्वकप छनोट अन्तर्गत मंगलबार राति भएकाे खेलमा अर्जेन्टिनाले बोलिभियालाई २–१ ले हराएको छ।

छनोट चरणको दोस्रो खेलमा अर्जेन्टिनालाई जित दिलाउन लौराटो मार्टिनेजले मुख्य भूमिका खेले। उनले एक गोल गर्नुका साथै एक गोलको अवसर सिर्जना गरेका थिए।

यता मार्सेलो मोरिनोले बोलिभियाकाे लागि एक गाेल गरे।

खेलकाे २४औं मिनेटमै मोरिनोले गाेल गर्दै बोलिभियालाई अग्रता दिलाएका थिए। तर पछि अर्जेन्टिना खेलमा फर्कियाे।

पहिलो हाफको अन्तिम मिनेटमा मार्टिनेजले अर्जेन्टिनाका लागि बराबरी गोल गरे।

यस्तै दाेस्राे हाफकाे ७५औं मिनेटमा कोरीले गाेल गर्दै अर्जेन्टिनालाई विजयी बनाए। उनले मार्टिनेजको पासलाई सदुपयोग गर्दै गाेल गरेका थिए।

जितसँगै समूह चरणमा अर्जेन्टिनाले दुई खेलबाट ६ अंक जोडेको छ। बोलिभिया अंक विहिन हुदै तालिकाको पुछारमा छ।

प्रकाशित मिति: : 2020-10-14 06:44:00

प्रतिकृया दिनुहोस्