नेसन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा फ्रान्सले क्रोएसियालाई २–१ ले पराजित गरेको छ।
अवे मैदानमा भएको खेलमा विश्व विजेता फ्रान्सले विश्व उपविजेता क्रोएसियालाई २–१ ले पराजित गर्न सफल भएकाे हाे।
खेलको आठौँ मिनेटमा एन्टोनी ग्रिजम्यानको गोलबाट फ्रान्सले अग्रता लिएको थियो।
६४ औँ मिनेटमा निकोला भ्लासिकले क्रोएसियाका लागि बराबरी गोल फर्काए। ७९ औँ मिनेटमा फ्रान्सका केलियन एमबाप्पेले विजयी गोल गरे।
उनले राष्ट्रिय टिमबाट अहिलेसम्म १६ गोल गरेका छन्।
क्रोएसियामाथिको जितपछि चार खेलबाट १० अंक जोडेको फ्रान्स दोस्रो स्थानमा छ समूहको। समान १० अंकसहित पोर्चुगल शीर्ष स्थानमा रहेको छ।