रौतहटकाे छुट्टाछुट्टै स्थानबाट दुईजना पक्राउ

रौतहट प्रहरीले छुट्टाछुट्टै स्थानबाट दुई जनालाई पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय गरुडाले ५०० ग्राम गाँजासहित पकटहरिया नगरपालिका १ भसेढवा खोरटोलका तपसी दशको छोरा २२ वर्षीय संजय  दासलाई पक्राउ गरेको छ।

उनीमाथि लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरि जिल्ला अदालत गौरबाट १५ दिनको म्याद थप गरि अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रबि रावलले बताएका छन। 

गत मंगलबार दिउँसो  भसेढवाबाट कटहरिया बजार तर्फ जानेक्रममा  प्रहरीको टोलिले चेकजाँच गर्दा दासलाई लागुऔषधसहित वडा नं ५ पानी टयाङकीस्थित सडकखण्डमा पक्राउ गरिएको थियो।

उता ईलाका प्रहरी कार्यालय बिजयपुरको टोलिले आज बिहान अबैध सालको चिरान काठसहितको ट्याक्टर नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा गएको प्रहरी टोलिले फतुवा बिजयपुर नगरपालिका १० हिमालिबासस्थित मुख्य सडकमा चेकजाँचको क्रममा ना६ त ८०५१ नम्बरको ट्याक्टरबाट ३३ थान सालको चिरान काठ बरामद गरेको जिल्ला  प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए। 

साथै अबैध काठसहित गढिमाई नपा ६ का ट्याक्टर चालक रुपेश यादव पक्राउ परेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्। बरामद ट्याक्टर , काठ  सहित चालकलाई आवश्यक कार्वाहीको लागि डिभिजन बन कार्यालय रौतहटमा बुझाइने प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: : 2020-10-15 12:04:00

प्रतिकृया दिनुहोस्