मनघरी फाउन्डेशन नेपालद्वारा स्वास्थ्य सामाग्री सहयोग

मनघरी फाउन्डेशनले नेपाल पत्रकार महासंघ सल्यान
मनघरी फाउन्डेशनले नेपाल पत्रकार महासंघ सल्यान, स्वास्थ्य सेवा कार्यालय सल्यान र जिल्ला जनस्वास्थ्य कार्यालय रूकुम र नेपाल पत्रकार महासंघ रूकुमलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ।

मनघरी फाउन्डेशनले नेपाल पत्रकार महासंघ सल्यान, स्वास्थ्य सेवा कार्यालय सल्यान र जिल्ला जनस्वास्थ्य कार्यालय रूकुम र नेपाल पत्रकार महासंघ रूकुमलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ।

स्वास्थ्य सेवा कार्यालयलाई १० थान पीपीई सेट, १० थान फेसल सिट र नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानलाई १० थान प्रेस ज्याकेट, १० थान सेनीटाईजर, १० थान फेसल सिट प्रदान गरेको हो।

त्यसैगरि स्वास्थ्य सेवा कार्यालय सल्यानका अधिकृत ताराप्रसाद रिजाललाई शारदा नगरपालिका उपप्रमुख सावित्रा बस्नेतले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन्। 

त्यसैगरी जिल्ला स्वास्थ्य कार्यालय रूकुम पश्चिम १५ सेट पिपिई, १५ थान फेस शिल्ड र १५ थान मास्क प्रदान गरिएको हो भने नेपाल पत्रकार महासंघ रुकुमलाई १० थान प्रेस ज्याकेट, १० थान सेनीटाईजर, १० थान फेसल सिट प्रदान गरेको हो। 

प्रविधि र पहुँचका आधारले कमजोर रहेको जाजरकोट र रुकुम कोरोना भाईरस संक्रमण वा बच्न सहयोग केही मात्रमा सहयोग पुगोस् भन्ने हेतुले हातेमालो गरेको मनघरी फाउन्डेशनका अध्यक्ष भरतबन्धु थापाले बताए।

यसअघि फाउण्डेशनले कर्णाली प्रदेशको दैलेख, सुर्खेत, हुम्ला, मुगु, डोल्पा, जाजरकोट, रूकुम (पश्चीम) लगाएत डोटी जिल्लामासमेत स्वास्थ्य सामाग्री पठाइसकेको फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले बताए।

प्रकाशित मिति: : 2020-10-15 12:37:00

प्रतिकृया दिनुहोस्