नेपालमा थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा गरिएको १६५९८ पिसिआर परीक्षणमा थप ३७ सय बढीमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा मुलुभरका विभिन्न आइसोलेशनबाट थप ३५६४ जना निको भएका छन्। यो सँगै कुल निको हुनेको संख्या ८४५१८ पुगेको छ। यो कुल संक्रमितको ६९.४ प्रतिशत हो।
पछिल्लो २४ घन्टामा मुलुभरका विभिन्न अस्पतालमा १९ जना कोरोना संक्रमितको ज्यान गएको छ। यो सँगै मृतकको कुल संख्या ६९४ पुगेको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ९३५ जना कोरोना संक्रमित थपिएका छन्।
काठमाडौंमा १६९२ जना, भक्तपुरमा १३४ र ललितपुरमा १०८ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ रहेको छ । १२ हजार ३ सय ३९ जना संस्थागत आइसोलेसनमा छन् भने २४ हजार १ सय ९४ जना होम आइसोलेसनमा रहेका छन् ।
अहिलेसम्म १२ लाख ३७ हजार ६ सय ३६ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ । देशभर ४ हजार ८ सय २५ जना क्वारेन्टाइनमा छन् ।