भारतमा पछिल्लो २४ घण्टामा थप ६० हजार ३६५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ।
योसँगै भारतमा संक्रमितको संख्या ७३ लाख ६५ हजार ४३५ पुगेको छ।
संक्रमितमध्ये अहिले ८ लाख ४ हजार ७४६ जनाको उपचार भइरहेको छ।
६४ लाख ४८ हजार ५४५ जना भने संक्रमणमुक्त भएका छन् । यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख १२ हजार १४४ पुगेको छ ।
यहाँ पछिल्लो २४ घण्टामा त्यहाँ थप ८३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
विश्वभर कोरोनाले भाइरसले मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ।
पछिल्लो २४ घण्टामा ६ हजारभन्दा बढीको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख २ हजारभन्दा बढी पुगेको छ।
यस्तै विश्वभरका ३ करोड ९१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
योसँगै कोरोना संक्रमितको संख्या ३ करोड ९१ लाख ५० हजार ७५० पुगेको छ।
संक्रमितमध्ये २ करोड ९३ लाख ६२ हजारभन्दा बढी निको भएका छन्।
सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ८२ लाख नाघेको छ।
यस्तै ब्राजिलमा संक्रमित संख्या ५१ लाख ७० हजार पुगेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो।
यता युरोपियन मुलुकहरूमा ६५ लाख ७२ हजार ४५२ जना संक्रमित छन्। जसमध्ये २ लाख ३५ हजार जनाको मृत्यु भएको छ। ३१ लाख २२ हजार ५०३ जना संक्रमणमुक्त भएका छन्।