भारतमा राशन कोटा निर्धारणका लागि भइरहेकाे बैठकमा गोली चल्यो, एककाे मृत्यु, ५ घाइते

एजेन्सी

मुम्बई
भारतको उत्तर प्रदेशअन्तर्गत बलिया जिल्लाको दुर्जनपुर गाउँमा राशन कोटा निर्धारणका लागि भइरहेकाे बैठकमा गोली चलेकाे छ।

प्रहरी अधिकृतसहित उच्चस्तरका अधिकारीसहितकाे बैठक भइरहेका बेला एक व्यक्तिले अचानक गोली चलाएका हुन्। गाेली लागेर जयप्रकाश उर्फ गामा पाल गम्भीर घाइते भएका थिए। अस्पताल लैजाँदै गर्दा बाटोमा उनकाे मृत्यु भएको हो।

यस्तै केही व्यक्ति घाइते भएका छन्। घाइतेमध्ये ५ जनाको स्थिति गम्भीर रहेकाे स्थानिय अधिकारीहरुले जनाएका छन्।

गाेली चलाउने धीरेन्द्रप्रताप सिंह भने तत्काल भागेका छन्। उनको खोजी भइरहेको बलियाका प्रहरी अधिकारी देवेन्द्रनाथले जानकारी दिए।

‘सरकारी कोटाको पसल छनाेटको प्रक्रिया चलिरहेको थियो। दुई पक्षीय सहायता टाेलीका प्रतिनिधि पनि थिए। एउटा पक्षले धीरेन्द्रप्रताप उर्फ डब्ल्युलाई समर्थन गरेको थियो। यी दुई समूहबीच पहिलेदेखि नै दुश्मनी थियो। त्यही बेला अचानक गोली चल्यो,’ उनले भने।

घटनापछि उत्तर प्रदेश सरकारले स्थानीय रेवती पुलिस स्टेसन क्षेत्रका एसडीएम र पुलिस अफिसरलगायत धेरै प्रहरीलाई निलम्बन गरिएकाे छ।
घटनाबारे अनुसन्धान भइरहेकाे र कार्बाही प्रक्रिया अघि बढाइने उनले बताए।

प्रकाशित मिति: : 2020-10-16 12:30:00

प्रतिकृया दिनुहोस्