साबिक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा प्रभावशाली जित दर्ता गरेको छ।
अवे मैदानमा शुक्रबार राति भएको खेलमा पीएसजीले १० खेलाडीमा सीमित भएको निम्सलाई ४–० ले पराजित गरेको हो।
खेलको १२ औँ मिनेटमा ल्याण्डर सिधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि निम्स १० खेलाडीमा सीमित भएको थियो।
३२ औँ मिनेटमा पीएसजीका लागि केलियन एमबाप्पेले अग्रता दिलाए। उनकै गोल मार्फत पहिलो हाफ ०–१ को अग्रता लिएको पीएसजीले दोस्रो हाफमा थप ३ गोल गर्यो।
७७ औँ मिनेटमा फ्लोरेन्जीले गोल गर्दै पीएसजीकोअग्रता दोब्बर बनाए। यस्तै ८३ औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दा टोलीले ०–३ को अग्रता बनायो।
यस्तै सराबियाले ८८ औँ मिनेटमा गोल गरेपछि पीएसजीले ०–३ को सहज जित हात पार्यो।
जितसँगै सात खेलबाट १५ अंकसहित पीएसजी शीर्ष स्थानमा छ। शुक्रबार राति नै भएको खेलमा डिजोनसँग १–१ को बराबरी खेलेको रेनिस समान १५ अंकसहित दोस्रो स्थानमा छ।