वार्नर बने आइपिएलमा ५ हजार रन बनाउने पहिलो विदेशी खेलाडी

सनराइजर्स हैदराबादका कप्तान डेभिड वार्नर इन्डियन प्रिमियर लिग (आइपिएल)मा ५ हजार रन पुरा गर्ने पहिलो विदेशी खेलाडी बनेका छन्।

युएईमा जारी १३ औं संस्करणको आइपिएल अन्तर्गत आइतबार कोलकत्ता नाइट राइडर्सविरुद्ध भएकाे खेलमा उनले ५ हजार रन पुरा गरेका हुन्।

उनले उक्त खेलमा वार्नरले ३३ बलमा ५ चौकासहित ४७ रन प्रहार गरेका थिए।

 याेसँगै उनले  १ सय ३५ खेलमा ५ हजार ३७ रन बनाए।

वार्नर आइपिएलमा सर्वाधिक रन बनाउने चौंथो खेलाडी समेत हुन्।

वार्नरभन्दा अघि विराट कोहली, सुरेश रैना र रोहित शर्मा रहेका छन्।

आइपिएलमा ५ हजार ७ सय ५९ रन बनाएका कोहली हुन् पहिलाे स्थानमा छन्।

यता रैनाले ५ हजार ३ सय ६८रन हानेका छन्। उनले १९३ खेल खेलेका छन्।

तेस्राे स्थानमा रहेका राेहितले १९७ खेलमा ५ हजार १ सय ८५ रन बनाएका छन्। 

र, पाँचाै स्थानमा रहेका शेखर धावनले १३६ खेलमा ४ हजार ९ सय ३८ रन बनाएका छन्।

प्रकाशित मिति: : 2020-10-18 20:46:00

प्रतिकृया दिनुहोस्