कंचनपुरका युवा र विश्व हिन्दु युवा संघबीच अन्तरक्रिया सम्पन्न, हिन्दुराष्ट्र ल्याउन अभियान संचालन गर्ने निष्कर्ष

कंचनपुरका युवा बुद्धिजीवी र विश्व हिन्दु युवा संघका केन्द्रीय अध्यक्ष ऋषिकेश जंग शाह नेतृत्वको टोलिबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

आइतबार बनदेवी मन्दिरमा भएको कार्यक्रममा हिन्दु राष्ट्र कसरी ल्याउने भन्ने बारे छलफल भएको थियो। 

एकहप्ता लामो हिन्दु जागरण तथा शुभकामना आदानप्रदान कार्यक्रम सार्वजनिक गरेर देश दौडाहामा निस्केकासंघका अध्यक्ष शाहले त्यही देश दौडाहा कार्यक्रम अन्तर्गत कंचनपुरमा अन्तरक्रिया कार्यक्रम भएको जानकारी दिए। 

उक्त कार्यक्रममा संघका प्रवक्ता अनुराग शाहले आफूहरु यस्तो विषम परिस्थितिमा किन देश दौडाहामा निस्केको भन्ने बारे प्रष्ट पारेका थिए। 

प्रवक्ता शाहले कार्यक्रमबारे प्रष्ट पारे अन्तरक्रिया कार्यक्रममा कंचनपुरका युवा बुद्धिजीवी र संघका अध्यक्ष ऋषिकेश जंग शाहले क्रमश आफ्नो धारणा राखेका थिए। 

No description available.उक्त अन्तरक्रिया कार्यक्रममा धारणा राख्ने सबै युवाहरूले हिन्दु राष्ट्र स्थापना गर्न कंचनपुर कटिबद्ध भएको भन्दै यो अभियानमा आफुहरु दिलोज्यान दिएर लाग्ने बिचार राखेका थिए। 

कार्यक्रमको अन्तिममा विश्व हिन्दु युवा संघका अध्यक्ष शाहले सम्बोधन गरेका थिए। 

उक्त सम्बोधनमा शाहले नेपालमा धर्म परिवर्तन गर्ने लहर एनजीओ आइ एनजीओले ल्याएको भन्दै अब ती संस्थालाई ब्यान्ड गर्न तिर सबैलाई अग्रसर हुन आव्हान गरेका थिए। 

अध्यक्ष शाहले नेपाललाई हिन्दु राष्ट्रमा रुपान्तरण गरेर मौलिकता बेचेर समृद्ध मुलुकको बाटोमा दौडिनु पर्ने पनि बिचार राखेका थिए।

कार्यक्रममा कंचनपुरका युवा बुद्धिजीवी सम्राट सिङ, बिश्व हिन्दु युवा संघका केन्द्रीय सदस्य सन्जिब शाही,दिपेन्द्र प्रकाश केसी, विश्व हिन्दु युवा संघ कैलालीका अध्यक्ष दिनेस कलेल,युवानेता टेक पाण्डे, सगर पान्डे, लगायतको सहभागीता रहेको थियो।

प्रकाशित मिति: : 2020-10-19 08:06:00

प्रतिकृया दिनुहोस्