अपाङ्गता परिचयपत्र वितरण

साकेंतिक तस्विर

पौवादुङ्मा गाउँपालिकामा घुम्ती शिविरमार्फत १०४ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ। 

गाउँपालिकाका प्रत्येक वडालाई केन्द्र बनाएर परिचयपत्र वितरण गरिएको हो।  

शारीरिक रुपमा अशक्त नागरिकलाई गाउँस्तरमा पुगेर सेवा दिने लक्ष्यका साथ शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। 

शिविरमार्फत ‘क’ वर्गका १२, ‘ख’ वर्गका २२, ‘ग’ वर्गका ३९ र ‘घ’ वर्गका ३१ जनालाई परिचयपत्र वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष सम्झना राईले जानकारी दिइन्। 

यसअघि जिल्ला प्रशासन कार्यालयसंँगको सहकार्यमा घुम्ती शिविरमार्फत नागरिकतासमेत वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष किरण राईले बताए। आफ्नै गाउँघरमा राज्यको सेवा लिन पाउँदा स्थानीयवासी खुशी भएका छन्। रासस

प्रकाशित मिति: : 2020-10-19 12:41:00

प्रतिकृया दिनुहोस्