जनकपुरमा लाखौ मूल्य बराबरको सुनसहित एकजना पक्राउ

सशस्त्र प्रहरीले जनकपुरधाम ७ भमरपुरा चौकबाट सुनसहित १ जनालाई पक्राउ गरेको छ।  

सशस्त्र सीमा सुरक्षा बल गण नम्बर ८ जनकपुर हेडक्वाटरबाट प्रहरी निरीक्षक शम्भु कटुवालको नेतृत्वमा खटि गएको प्रहरी टोलीले चेकजाँच गर्दा बा १० च ३५६८ नम्बरको मारुती भ्यानबाट १६ लाख २३ हजार ८ सय रुपैया मूल्य बराबरको २ सय ग्राम काँचो सुन बरामद गरेको हो। 

प्रहरीले सुनसहित गाडी धनी महोत्तरी जिल्ला बला नगरपालिका ७ निवासी ३४ वर्षीय रामचन्द्र दासलाई समेत पक्राउ गरेको निरीक्षक शम्भु कटुवालले जानकारी दिए। 

पक्राउ परेका दास र ३१ लाख २३ हजार ८ सय रुपैया बराबरको गाडी र सुनसहित आवश्यक कारवाहीका लागि आइतवार भन्सार कार्यालयमा बुझाइ सकिएको प्रहरी निरिक्षक कटुवालले बताए।

प्रकाशित मिति: : 2020-10-19 13:43:00

प्रतिकृया दिनुहोस्