नेकपाका सांसदहरुकाे दसैँ भत्ता कोरोना कोषमा

 सत्तारुढ नेकपाका सांसदहरुले दसैँ भत्ता कोरोना कोषमा जम्मा गर्ने भएकाे छ। 

प्रतिनिधिसभा संसदीय दलका नेता रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित दुवैसदनका संसदीय दलका नेता र सचेतकहरुको भत्ता नलिने निर्ण गरेकाे हाे।

सांसदहरुले दसैँ भत्ता बुझेपछि तीव्र आलोचना भएको थियो। तर, नेकपाका केही सांसदहरुले व्यक्तिगतरुपमा भत्ता फिर्ता गरेका थिए।

बैठकमा सहभागी प्रतिनिसभा संसदीय दलका उपनेता सुवास नेम्वाङले दुवै सदनका नेताहरुको बैठकले सर्वसाधरणलाई सामान्य तरिकाले दसैँ मनाउन आग्रह समेत गरेको बताए।

नेकपासँग प्रतिनिधिसभामा १७४ र राष्ट्रियसभामा ४६ सांसद छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि कोरोना भत्ता फिर्ता गर्दै कोरोना कोषमा जम्मा गर्ने निर्णय गरिसकेको छ।

प्रकाशित मिति: : 2020-10-19 17:18:00

प्रतिकृया दिनुहोस्