लिड्समाथि वल्भ्सको जित

इंग्लिस प्रिमियर लिग अन्तर्गत साेमबार राति भएकाे खेलमा वल्भ्सले लिड्सलाई पराजित गरेकाे छ। 

इलान रोड लिड्स वेस्ट योर्कसायरमा भएकाे खेलमा वल्भ्सले लिड्समाथि १–० को जित निकालेको हो।

वल्भ्सलाई जिताउन पोर्चुगिज फरवार्ड राहुल जिमिनेजले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो।

५३औं मिनेटमा ड्यानियल पोडेन्सको पासमा रोमेन सइसले फ्लिकमार्फत गोल गरेका थिए। तर भिएआरबाट मान्यता नपाउदा वल्भ्स अग्रता लिनबाट चुक्यो।

७०औं मिनेटमा म्याक्स किलमनको पासमा राहुल जिमिनजले गोल गर्दै वल्भ्सलाई १–० को अग्रता दिलाए। त्यसपछि थप गोल निस्कन नसक्दा वल्भ्स विजयी हुन सफल भयो।

जितसँगै वल्भ्स ५ खेलबाट ९ अंक जोडेर छैटौं स्थानमा उक्लेकाे छ। लिड्स ६ अंकसहित १०औं स्थानमा झरेको छ। 

प्रकाशित मिति: : 2020-10-20 05:28:00

प्रतिकृया दिनुहोस्