‘उपचार निशुल्क नगरे नो ट्रिटमेन्ट नो ट्याक्सको सामना गर्न तयार भएर बस्नुहोस्’

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना संक्रमितको उपचार सरकारले नगर्दिए जनतालाई कर नतिर्न आह्वान गर्ने धम्कि दिएका छन्।

सरकारले कोरोनाको उपचार निशुल्क गर्दै आएकोमा अब त्यसमा परिमार्जन गर्दै आफैँ उपचार गराउन भनेपछि उनले उक्त कुरा बताएका हुन्। 

‘उपचार निशुल्क गर्न घोषणा अविलम्ब गर्न विनम्र आग्रह स्वीकार गर्नुस् कि नो ट्रिटमेन्ट नो ट्याक्सको बुलन्द जनअभियान सामना गर्न तयार भएर बस्नुहोस्,’ उनले लेखेका छन्।

प्रकाशित मिति: : 2020-10-20 19:27:00

प्रतिकृया दिनुहोस्