'असफल' स्वास्थ्यमन्त्रीले ल्याए उपलब्धि पुस्तक, यी हुन् विवादित १५ काम

नेपाल लाइभ

काठमाडाैं

काठमाडौं- कोरोना भाइरस संक्रमणको दर नेपालमा बढ्दो क्रममा छ। बुधबार मात्र नेपालमा ५ हजार ७४३ जना संक्रमित थपिएका छन्। संक्रमित थपिँदै जाँदा धेरैले उपचारका लागि अस्पतालका शय्या पाउन छाडिसकेका छन्।

कोरोना भाइरसको संक्रमण नियन्त्रण, रोकथाम तथा उपचारको व्यवस्थापनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय असफल देखिएको छ। नेपालमा सक्रिय संक्रमितमध्ये ६७ प्रतिशत होम आइसोलेसनमा छन्। 

नेपालमा कोरोना भाइरसको संक्रमण सुरु भएदेखि नै व्यवस्थापनमा चुक्दै आएका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रीका रुपमा आफ्नो १० महिने कार्यकालमा 'उपलब्धि नै उपलब्धि' भएको दाबी गर्दै पुस्तक निकालेका छन्।

मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गर्ने कुरा चलेसँगै स्वास्थ्यमन्त्री ढकाल पनि परिवर्तन हुने हल्ला चलेकाले हतारहतार उपलब्धि पुस्तक प्रकाशन गरिएको हो। तर, प्रधानमन्त्रीले गत साता गरेको मन्त्रीपरिषद् हेरफेरमा भने उनी सुरक्षित भएका छन्। अब दसैँतिहार पछि पुनः मन्त्रिपरिषद् पुनर्गठन हुने नेकपा नेताहरूले बताउँदै आएका छन्। अबको मन्त्रिपरिषद् पुनर्गठनमा पनि बच्ने एक मात्र ध्येयले मन्त्री ढकालले उपलब्धि गरेको प्रचार गर्न पुस्तक नै सार्वजनिक गरेका हुन्। 

कोरोना संक्रमण नियन्त्रणमा स्वास्थ्य मन्त्रालय र मन्त्रीको आलोचना भइरहेका बेला मन्त्री ढकालले भने उपलब्धिको पुस्तक सार्वजनिक गर्नु कूटनीतिक चातुर्य देखाउने प्रयास मात्र भएको मन्त्रालयकै एक कर्मचारीको भनाइ छ। 

प्रकाशित मिति: : 2020-10-22 04:02:00

प्रतिकृया दिनुहोस्