शाख्तरसँग मड्रिड पराजित

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएकाे खेलमा रियल मड्रिड शाख्तर डोनेस्कसँग पराजित भएको छ।

घरेलु मैदान अल्फ्रेडो डी स्टेफानोमा शाख्तर डोनेस्कले पहिलो हाफमा नै ३-० काे अग्रता बनाएकाे थियाे। 

खेलको २८औँ मिनेटमा टेटेले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए।  

भिक्टो कोर्नीएन्कोको पासमा टेटेले गोल गरेका थिए। 

त्यसको तीन मिनेट नबित्दै रियलका राफेल भारानले बल बचाउन खोज्दा आफ्नै पोस्टमा छिरेको थियो।

पहिलो हाफको ३ मिनेट बाँकी रहँदा शाख्तरका मानोर सोलोमोनले गाेल गर्दै ३-० को अग्रता दिलाए।

त्यसपछि कुनै गाेल हुन सकेन र शाख्तरले ३–० खाेल जित्याे।

प्रकाशित मिति: : 2020-10-22 06:37:00

प्रतिकृया दिनुहोस्