‘रअ’ प्रमुख गोयलले प्रधानमन्त्री ओलीसँग भेटेको पुष्टि

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) प्रमुख सामन्त कुमार गोयल बीच भेटवार्ता भएको छ। 

एक्कासी नेपाल आएका ‘रअ’ प्रमुख गोयलले बुधबार बेलुकी बालुवाटारमा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन्।

प्रेस सल्लाहकार थापाका अनुसार भेटका क्रममा गोयलले नेपाल-भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरुको वार्ताद्धारा समाधान गर्ने र पारस्पिरिक सहयोगलाई अगाडि बढाउने बिषयमा आफ्नो धारण राखेका थिए। 

नेपालमा राजनीतिक हलचल मच्चाएर दिल्ली फर्किए ‘रअ’ का प्रमुख

 

प्रकाशित मिति: : 2020-10-22 13:15:00

प्रतिकृया दिनुहोस्