मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएकाे छ।

शुक्रबार बिहान ११ बजे डाकेको संसदीय दलको बैठकमा मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत गरेको सचेतक कुर्मराज शाहीले बताए।

उनका अनुसार प्रमुख सचेतक सीता नेपालीको अध्यक्षतामा बसेको बैठकमा प्रस्तावकाे विपक्षमा १९ जना सांसद उभिएका थिए। जसमा पूर्वमाओवादीका ११ जना र पूर्वएमालेका ८ जना सांसद थिए।

अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रधानमन्त्री केपी शर्मा ओली पक्षका ११ जना बैठकमा अनुपस्थित रहेकाे सचेतक शाहीले जानकारी दिए।

सांसद यामलाल कँडेल सहितकाे टाेद्यीले असोज २५ गते १८ जना सांसदले शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। तीमध्ये ९ जनाले आफ्नो हस्ताक्षर फिर्ता लिएका थिए।

प्रकाशित मिति: : 2020-10-23 12:32:00

प्रतिकृया दिनुहोस्