कालीप्रसाल रिजाल : त्यही खसी चराउने, त्यही काट्ने !

अनलाइनखबर

काठमाडौँ
तस्बिर : अनलाइनखबर

८० वर्षे चर्चित गीतकार कालीप्रसाद रिजालको  मनमा ‘केही मिठो बात’ गर्ने तुलबुल घटेको छैन । जे जस्तो भयो जीवन, त्यसको गीत लेख्ने चाह छ । अन्यायविरुद्ध हुँकार गर्ने कविता लेख्ने हतार छ ।

उनलाई जन्मस्थान धनकुटाबाट काठमाडौं पसेको हिजैजस्तो लाग्छ । सरकारी सेवा प्रवेश गरेको, नारायण गोपालहरूलाई भेटेको, कविता मात्र लेखेको ठिटोले प्रणयका कालजयी गीत सृजना गर्न थालेको उनलाई हिजै जस्तो लाग्छ । तर, त्यो २०२२ साल आसपासको कुरा हो ।

पाँच सय हाराहारी गीत र त्यत्ति नै कविता सृजना गरेका रिजाल केही वर्षयता चाबहिलस्थित निवासमै भेटिन्छन् । कोरोना कालमा त झन् कतै निस्किने कुरै भएन । उनी आफ्ना हराएका गीत/कविता खोज्ने धुनमा छन् । नयाँ लेख्ने जमर्कोमा छन् ।

यो सालको दसैं सुरु भएपछिको घमाइलो दिनमा चाबहिल निवासी रिजालसँग चाडपर्वको रौनक, गीत–कविता लगायत विषयमा अनलाइनखबरका लागि निर्भीकजंग रायमाझीले गरेको कुराकानीः

प्रकाशित मिति: : 2020-10-24 11:15:00

प्रतिकृया दिनुहोस्