जाजरकाेटमा माटाेकाे ढिस्काेमा पुरिएर दुईकाे मृत्यु, दुई घाइते

जाजरकोटकाे अस्पताल डाँडामा सुख्खा पहिरो जाँदा पुरिएर दुई जनाको ज्यान गएकाे छ भने दुई जना घाइते भएका छन्। ​

छेडागाड नगरपालिका ३ काे दशेरामा गएकाे पहिराेले साेही गाउँपालिका चुवाकी ३० वर्षीया शितला जैसी, १६ वर्षिया आरती दाहालकाे ज्यान गएकाे हाे।

 त्यस्तै २४ वर्षीया सरिता जैसी र छेडागाड ४ जेवाकी धनसरी चनारा घाइते भएकी छिन्।

घाइतेहरुकाे स्थानीय स्वास्थ चौकी दशेरामा प्राथमिक उपचारपछि एअर एम्बुलेन्समा प्रदेश अस्पताल सुर्खेतमा लैजाने तयारी भइरहेकाे छ। 

प्रकाशित मिति: : 2020-10-24 17:23:00

प्रतिकृया दिनुहोस्