घरेलु मैदानमा पीएसजीको शानदार जितमा

फ्रान्सेली लिग अन्तर्गत शनिबार भएकाेखेलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पुछारमा रहेको डिजोनलाई पराजित गरेकाे छ।

घरेलु मैदानमा भएकाे खेलमा पीएसजीले ४-० ले जराजित गरेकाे हाे। पीएसजीकाे जितमा मोइस किन र एम्बाप्पेले दुई/दुई गाेल गरे। 

 किनले खेलको तेस्रो मिनेटमा नै मिचेल बेकरको क्रसलाई भलीमा गोल गर्दै  घरेलु टोलीलाई अग्रता दिलाएका थिए।  

२३औँ मिनेटमा किनले स्कोर २-० बनाए।  नेयमारको प्रहार पोस्टमा लागेर फर्केको पछि उनले रिबाउन्डमा गाेल गरेका थिए।

७३औँ मिनेटमा किनले बल क्लियर गर्ने क्रममा चोट बोकेपछि मैदान छाडे। तर उनको स्थानमा मैदान प्रवेश गरेका किलीयन एमबाप्पेले अन्तिम १० मिनेटमा दुई गोल गरे।

८२औँ मिनेटमा एमबाप्पेले ३-० को अग्रता दिलाए। नेयमारको पासलाई सदुपयोग गर्दै उनलेगाेल गरे।

८८ औँ मिनेटमा पाब्लो सराबियाले दिएको पासमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरे।

जितसँगै पीएसजी शीर्षस्थानमा उक्लिएको छ। पीएसजीको ८ खेलमा १८ अंक छ  डिजोनको ८ खेलमा २ अंक मात्र छ।

प्रकाशित मिति: : 2020-10-25 06:58:00

प्रतिकृया दिनुहोस्