कोरोनासँग जुध्नका लागि उपवास लाभदायक होला ?

अनलाइनखबर

काठमाडौँ
सांकेतिक तस्बिर

डा. हेमराज कोइराला

वैश्विक महामारीको रुपमा देखापरेको कोरो

दोस्रो विकल्पका लागि अनेक प्राकृतिक विधी एवं तौर तरिका अपनाउन थालिएको छ । यसमध्येको एक उपयोगी विधी हो, उपवास चिकित्सा ।

के हो उपवास चिकित्सा ?

उपवासलाई हामी ब्रत पनि भन्ने गर्दछौं । उपवास गर्दा निश्चित समयका लागि खाना त्याग गर्ने वा क्यालोरी ग्रहणमा रोक लगाउने गरिन्छ । यसर्थ उपावास भन्नाले निश्चित अवधिका, आफ्नै चाहनामा कुनैप्रकारका खानेकुराको त्याग गर्नु वा क्यालोरी  ग्रहणमा लगाईएको रोकलाई जनाउँदछ ।

प्राच्य स्वास्थ्य विज्ञानले उपवासलाई “सर्वे रोग मल वशः लंघनम् परम औषधम्” अर्थात सबै रोगको कारण भनेको शरीरमा संकलित मल (विजातिय द्रव्य) हो र संकलित मलको सर्वोच्च निष्कासन गर्ने उपवास परम औषधि हो भनि परम औषधिको रुपमा व्याख्या गरेको छ । यसैगरी आधुनिक चिकित्सा विज्ञानमा पनि उपवास गरेर अनेकै असाध्य रोगहरूलाई जित्न एवं रोकथाम गर्न सकिने तथ्य पत्ता लगाई सकेको छ । सन् २०१६ मा जापानिज वैज्ञानिक यासुनुरी यसुमीलाई उपवास फिजीयोलोजीमा गरेको महत्वपूर्ण खोज एवं अनुशंधानका कारण विश्वविख्यात नोवल पुरस्कारबाट सम्मानित गरिएको थियो 

ना भाइरस विरुद्ध औषधि एवं खोप बनाउने काममा संसारभरका प्रयोगशालामा अनेकन अनुसन्धान भइरहेका छन् । यद्यपि अहिलेसम्म त्यसबाट भरपर्दो नतिजा प्राप्त भएको छैन । अर्कोतर्फ कोरोना भइरस पूर्णत नियन्त्रणमा आउने छाँट छैन ।

यस्तो पृष्टभूमीमा हामीसँग सीमित विकल्प छन् । पहिलो विकल्प, जतिसक्दो सुरक्षाका विधीहरु अपनाउने ताकि कोरोना भाइरसको संक्रमण नहोस् । दोस्रो विकल्प, आफ्नो शरीरको प्रतिरक्षा प्रणाली बलिया बनाउे ताकि संक्रमण भएपनि त्यसलाई जित्न सकियोस् ।

 

प्रकाशित मिति: : 2020-10-28 17:05:00

प्रतिकृया दिनुहोस्