'अब फुटपाथ व्यापारीका सामान खोसिँदैन, नमस्कार गरेर सम्झाइन्छ'

सेतोपाटी

काठमाडौँ
तस्बिर : सेतोपाटी

समिक्षा अधिकारी

सीताराम हाछेथूको चर्चा कुनै 'सेलेब्रेटी' को भन्दा कम छैन। २९ वर्ष ट्राफिक प्रहरी भएर सेवा गरेका उनले 'जहाँ जाम त्यहाँ सीताराम' भन्ने भनाइ नै स्थापित गरेका थिए। 

हाछेथूले दुई वर्षअघि ट्राफिक प्रहरीको सेवाबाट अवकाश पाइसके। तर पनि उनको चर्चा सेलाएको छैन। गत भदौमा ललितपुर नगर प्रहरी प्रमुख भएपछि हाछेथू फेरि काममा लागि परेका छन्। खाली बस्न नरूचाउने उनी आफ्ना कामको प्रभाव देखाउन थालेका छन्।

अझ उनी ललितपुर नगर प्रहरी प्रमुख भएपछि नगरको रूप फेरिने, अतिक्रमित फुटपाथ खाली हुने आशा पनि धेरैले गरेका छन्।

तर उनको सुरूआती प्राथमिकता अर्कै छ-  नगरप्रहरीको छवि सुधार्नु र आम नागरिकको विश्वास जित्नु।

'यति गर्न सके सहयोग पाइन्छ र त्यसको असर कार्यसम्पादनमा पर्छ,' उनको विश्वास छ। र, यो काममा उनी खरो उत्रिने प्रयास गरिरहेका छन्।

हामीमध्ये धेरैलाई नगरप्रहरीको कामबारे पूरा जानकारी छैन। सडकपेटीमा पसल थाप्नेको सामान उठाएको वा ठेलामा चटपटे बेचिरहेका, मकै पोलिरहेकालाई केरकार गरिरहेको मात्र देखेका हुनसक्छौं।

नगर प्रहरीको वास्तविक जिम्मेवारी भित्र के-के पर्छन्, हाछेथू पनि प्रमुख नहुन्जेल अनभिज्ञ रहेको बताउँछन्। 

प्रकाशित मिति: : 2020-10-29 08:52:00

प्रतिकृया दिनुहोस्