किरणले थप दुई वर्ष पञ्जाव एफसीबाट आइ लिग खेल्ने

पञ्जाव एफसी नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङसँग थप दुई वर्षको लागि सम्झौता नविकरण गरेको छ। 

पञ्जावले आइ लिग २०२०/२१ का लागि सम्झौता नविकरण गरेको हो। 

योसँगै किरणले लगातार तेस्रो सिजन पञ्जावबाट आइ लिग खेल्ने छन्। उनले गत सिजन लिगका १६ वटै खेल खेलेका थिए। 

किरणले यसअघि २०१७ को सिजनको अन्त्यमा पञ्जावबाट खेलेका थिए। त्यतिबेला उनले ८ खेल खेलेका थिए।

एन्फा एकेडेमीका उत्पादन ३० वर्षीया किरणले सन् २०१६ मा मनाङ मर्स्याङ्दीबाट खेलेका थिए। किरणले २००९ देखि २०१६ सम्म थ्री स्टार क्लबबाट खेले। 

२०१७ को अन्त्यमा किरणले पञ्जावबाट केही महिना खेलेका थिए।

यसअघि टिसीबाट पहिलो सिजन खेलेका किरणले प्रेरणादायी खेल पस्केका थिए। त्यतिबेला टिसीले माल्दिभ्सको माथिल्लो डिभिजनमा दोस्रो स्थान हात पारेको थियो।

२०१७ पछि फेरि उनी टिसी स्पोर्ट्समै आबद्ध भएका थिए। किरण माल्दिभ्सको लिगमा उत्कृष्ट गोलकिपर बनेका थिए। किरणले सिजनमा टिसी स्पोर्टसलाई उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए।

गतवर्ष किरण र माल्दिभ्सको पहिलो डिभिजनको क्लब टिसी स्पोर्टसबीच भएको सम्झौता रद्द भएको थियो।

टिसीले राष्ट्रिय टिमको खेल छाडेर माल्दिभ्स आउन आग्रह गरेको थियो। तर किरणले नेपालको मलेसिया र चाइनिज ताइपेईविरूद्धको मैत्रीपूर्ण खेलका कारण माल्दिभ्स आउन नसक्ने बताएका थिए। एन्फाले पनि क्लबलाई पत्राचार गरेको थियो।

तर क्लबले भने सम्झौता नै रद्द गर्‍यो। सम्झौता रद्दपछि नयाँ क्लबको खोजीमा रहेका किरण भारतीय क्लबमा पुगेका थिए।

प्रकाशित मिति: : 2020-10-29 12:02:00

प्रतिकृया दिनुहोस्