जुवा खालमा नेपालगंज प्रहरीको छापा, ३० लाख नगदसहित १० जुवाडे पक्राउ

नेपालगन्ज प्रहरीले ३० लाख नगदसहित १० जना जुवाडेलाई पक्राउ गरेको छ। 
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ बसपार्क क्षेत्रबाट करिव ३० लाख नगदसहित १० जना जुवाडेलाई पक्राउ गरिएको बाँके प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए। 
स्रोतका अनुसार जुवा खालबाट पक्राउ परेका हाईप्रोफाईल जुवाडे हुन्। प्रहरीले उनीहरुको नाम भने गोप्य राखेको छ। 
पक्राउ परेका जुवाडेलाई आवश्यक कारवाहीका लागी जिल्ला प्रशासन कार्यालय बाँकेमा बुझाउने तयारी भईरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: : 2020-10-29 12:23:00

प्रतिकृया दिनुहोस्