चाडवार्ड खर्च कोरोना कोषमा

सांकेतिक तस्बिर

प्युठानको मल्लरानी गाउँपालिकाका जनप्रतिनिधिले यस वर्षको चाडबाड खर्चबापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका छन्। 

गाउँपालिकाको कार्यपालिका बैठकले निर्णय गरेर चाडबाड खर्च गाउँपालिका कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

पालिकाभित्रका २९ जना जनप्रतिनिधिले पाउने रु दुई लाख ६२ हजार गाउँपालिका कोरोना विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता गिरीराज पौडेलले बताए। कोरोना सङ्क्रमण बढीरहेको अवस्थामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम जम्मा गरिएको उनले बताए। रासस 

प्रकाशित मिति: : 2020-10-29 17:34:00

प्रतिकृया दिनुहोस्