यी प्रधान सम्पादक जो आफै पत्रिका बोकेर घर-घर पुग्थे

देशसञ्चार

काठमाडौँ
तस्बिर : देश सन्चार

लोकेन्द्र प्रसाई

काभ्रेको विकट पोखरीचौरीमा जन्मिएका विष्णु चौलागाई प्रधान सम्पादक र प्रकाशकको हैसियतमा दुई दशकभन्दा बढी समय नेपाली पत्रकारितामा रहे पनि सधैँ ‘लो प्रोफाइल’मा रहे।

चौलागाईसँग करियरको सुरुवातमा सँगै काम गरेका आर्थिक पत्रकार समाज (सेजन)का अध्यक्ष भीम गौतम सम्झन्छन्- उहाँको झोलामा सँधै काभ्रे पोष्टका केही प्रति हुन्थे। कसैलाई भेट्ने बित्तिकै झोलाबाट पत्रिका निकालेर पढ्न दिन्थे। ग्राहक आफै बनाउने र आफै पत्रिका पुर्‍याउन घरघर पुर्‍याउने उहाँको मिहेनत उदाहरणीय थियो।

काठमाडौँको साँधमा जन्मिएर पनि चौलागाईले पत्रकारिता गर्न काभ्रै नै रोजे। उनको पत्रकारिता मूलत काभ्रेमै केन्द्रित रह्यो। दुई दशकअघि चौलागाईले आफै सम्पादक/प्रकाशक भएर काभ्रे पोष्ट निकाल्दा काभ्रेमा औँलामा गन्न सकिने मात्र साप्ताहिक पत्रिकाहरु थिए। उनले काभ्रेका ‘लाेकल इस्यु’हरुलाई पस्किए। हरेक साता पत्रिका निकाल्नु नै चुनौतीपूर्ण थियो। चौलागाई त्यसका लागि तयार थिए।  काठमाडौं उपत्यकाबाहिर बसेर पनि पत्रकारिता गर्न सकिन्छ भन्ने उदाहरण बनाए।

‘उहाँ काम गर्न कहिल्यै लजाउनु भएन। कुरा काट्ने र गिज्याउनेको पछि लाग्नु भएन। आफ्नो काममा निरन्तर खटिरहनु भयो’, गौतम सम्झन्छन्। खासगरी नेपालमा ५० को दशकमा सुरु भएको व्यावशायिक पत्रकारिताका लागि धेरै पत्रकार साप्ताहिक पृष्ठभूमिबाट जन्मिएका थिए। पत्रकारिता लोभलाग्दो बन्दै जाँदा यस क्षेत्रमा आकर्षण पनि बढ्दो थियो। त्यति बेला काभ्रे पोष्ट धेरै पत्रकारलाई पत्रकारिता सिक्ने र व्यावशायिक पत्रकारितामा प्रवेश गर्ने ‘गेट वे’ बन्यो।

प्रकाशित मिति: : 2020-10-31 18:20:00

प्रतिकृया दिनुहोस्