कैलालीको मोहन्यालमा जिप दुर्घटना: एकको मृत्यु, १४ जना घाइते

कैलालीको मोहन्यालमा जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

तीमध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए।

उनका अनुसार १६ जना यात्रु बोकेर कैलालीको घोडाघोडीस्थित डोके बजारबाट पण्डौनतर्फ जाँदै गरेको सुप प्र ०१००१ च २६२३ नम्बरको जिप आइतबार महोन्याल गाउँपालिका ४ को बाँस पानीमा दुर्घटनामा परेको हो।

ब्रेक फेल भएर जिप रोडमा करिब २ सय मिटर तल खसेको प्रहरीले बताएको छ।

दुर्घटनामा परी मोहन्याल गाउँपालिका २ का ६० वर्षीय कविराज भण्डारीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते घोडाघोडी ८ का ६० वर्षीय खड्क रावल गम्भीर घाइेत भएका छन्।

उनलाई थप उपचारको लागि कोहलपुर रिफर गरिएको प्रवक्ता बिष्टले जानकारी दिएका छन्।

अन्यको स्थानीय घोडाघोडी अस्पतालमा उपचार भइरहेको उनले बताए।

प्रकाशित मिति: : 2020-11-01 19:13:00

प्रतिकृया दिनुहोस्