चेन्नईसँगै पन्जाब लिग चरणबाटै बाहिरियो

किङ्स इलाभेन  युएईमा जारी १३ औं संस्करणको पन्जाब इन्डियन प्रिमियर लिग (आइपीएल)काे लिग चरणबाटै बाहिरिएको छ।

चेन्नई सुपर किंग्ससँग ९ विकेटले पराजित हुँदै पन्जाबलिग चरणबाटै बाहिरिने दोस्रो टोली बनेको हो।

चेन्नई यसअघि नै लिग चरणबाटै बाहिरिसकेको थियो। 

जितका लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले १८.५ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्दै सुखद् अन्त्य गर्‍याे।

चेन्नईलाई जित दिलाउन रुतुराज गायकवाडले अविजित रहदै ६२ रनको अर्धशतकीय इनिङ्स खेले। गायकवाडले ४९ बलमा ६ चौका र १ छक्का प्रहार गरेका थिए।

उनको यो लगातार तेस्रो अर्ध शतक हो। 

यता ३० बलमा २ चौकासहित अम्बाती रायुडुलेअविजित ३० रन बनाए। ओपनर फाफ डु प्लेसिस ४८ रनमा क्याच आउट भएका थिए। उनले  ३४ बलमा ४ चौका र २ छक्का हिर्काए।

त्यसअघि शेख जायद स्टेडियम आबुधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५३ रन बनाएको थियो। 

पन्जाबका दीपक हुडाले हुडा ३० बलमा ३ चौका र ४ छक्कासहित ६२ रनमा अविजित रहे। क्रिस जोर्डन ४ रनमा अविजित रहे।

यस्तै कप्तान केएल राहुलले २९ रन जोड्दा मयांक अग्रवाल २६ रनमा आउट भए।

उनीहरुले ४८ रनको साझेदारी गरेका थिए। अग्रवालले १५ बलमा ५ चौकासहित २६ रन बनाए। 

राहुलले २७ बलमा ३ चौका र १ छक्का प्रहार गरे। यता मन्दिप सिंहले १४ र क्रिस गेल १२ रन जोडे।

निकोलस पुरन २ रनमा क्याच आउट भए। 

चेन्नईका लुन्गी एनगिडीले ४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए। इमरान ताहिरले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिए। 

रविन्द्र जडेजाले ३ ओभरमा १७ रन खर्चेर १ विकेट लिए। 

शार्दुल ठाकुरको नाममा एक विकेट रह्यो। 

पन्जाबले १४ खेलमा १२ अंक जोड्यो।  पन्जाब पाँचौं स्थानमा रहेको छ।

चेन्नई भने यस अघि नै बाहिरिसकेको छ। पुछारबाट दोस्रो स्थानमा रहेको चेन्नईले पनि १४ खेलमा १२ अंक जोडेको छ।

चेन्नई र पन्जाब बाहेक अन्य पाँच टोली मध्य तीन टोलीले प्ले अफमा स्थान बनाउने छन्। मुम्बई शीर्षस्थानमा रहँदै प्ले अफमा पुगेको छ। 

प्रकाशित मिति: : 2020-11-01 20:17:00

प्रतिकृया दिनुहोस्