नेकपा अध्यक्षद्वयलाई कर्णाली सह-इञ्चार्जका प्रश्नैप्रश्न, धुम्बाराहीमा दर्ता गरे पाँचबुँदे पत्र (पत्रसहित)

नेकपामा कस्तो प्रचलन बसाउने ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कर्णाली प्रदेश सहइञ्चार्ज यामलाल कँडेलले पार्टी अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सम्बोधन गरेर धुम्बाराहीमा आइतबार पाँचबुँदे ध्यानाकर्षण–पत्र दर्ता गरेका छन् । उक्त पत्रमा अध्यक्षद्वयलाई नौ वटा सोधिएको छ ।

कँडेल असोज २५ गते कर्णाली प्रदेश सभाको नेकपा संसदीय दलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध १८ जना सदस्यसहित अविश्वास प्रस्ताव दर्ता गर्नेका नेता हुन् । उनले दर्ता गरेको तीन पृष्ठ लामो पाँचबुँदे पत्रमा अध्यक्षद्वयलाई सोधेका छन्, ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा कस्तो प्रचलन बसाउनेसँग सम्बन्धित छ ? के यस्ता अनाधिकृत कामहरु सच्याउनु पर्दैन ?’

पत्रको पूर्ण पाठ :


 

 

प्रकाशित मिति: : 2020-11-01 22:02:00

प्रतिकृया दिनुहोस्