आर्सनलसँग युनाइटेड पराजित

इंग्लिस प्रिमियर लिगमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ। 

ओल्ड ट्राफोर्डमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा आर्सनलले युनाइटेडलाई उसकै मैदानमा १–० ले पराजित गरेको हो।

आर्सनलको जितमा कप्तान पिएर इमिरिक औवामियाङले दोस्रो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो।

६९औँ मिनेटमा आर्सनलले पेनाल्टीमार्फत अग्रता लिन सफल भयो। पल पोग्वाले पेनाल्टी बक्समा हेक्छर बेरेललिनलाई लडाएपछि रेफ्रीले आर्सनललाई सिधै पेनाल्टी दिएको थियो। जसमा औवामियाङ चुकेनन्। 

जितसँगै आर्सनल ७ खेलबाट १२ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ। पराजित युनाइटेड ६ खेलबाट ७ अंक जोडेर १५औं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-11-02 08:09:00

प्रतिकृया दिनुहोस्