लकडाउनमा ११ सय किलोमिटर यात्रा गरेका घडियाल

सेतोपाटी

काठमाडौँ
तस्बिर : सेतोपाटी

राजेश घिमिरे

गत मे २५ मा भारतको वन्यजन्तु ट्रष्टले ट्वीटरमा घडियाल गोहीको फोटो पोष्ट गर्दै लेख्यो -तपाईं सायद लकडाउनमा हुनुहुन्छ होला तर यो घडियाल गोहीले ११०० किलोमिटरको यात्रा गरेको छ।’

भोलिपल्ट भारतको अंग्रेजी दैनिक ‘द इन्डियन एक्सप्रेस’ले यही ट्वीटको आधारमा घडियाल गोहीको यात्राबारे समाचार बनायो। 

मे महिनाको १७ तारिखमा स्थानीय माझीको जालमा परेको उक्त गोहीलाई चितवन राष्ट्रिय निकुञ्जले ६१ दिनअघि राप्ती नदीमा छाडेको थियो।

यो विषयले त्यतिखेर संरक्षणकर्मीहरूको माझमा निकै चर्चा पायो।

चितवनको सौराहामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख बाबुराम लामिछानेले वन्यजन्तु ट्रष्ट इन्डियाले पोष्ट गरेको फोटोलाई रिट्वीट गर्दै लेखे - यो अविश्वसनीय हो।

यो घडियालसँगै राप्ती नदीमा एकैपटक छोडिएको अर्को गोही एक हजार १५ किलोमिटर पर भारतको महानन्द नदीमा माझीको जालमा पर्‍यो। 

प्रकाशित मिति: : 2020-11-02 17:50:00

प्रतिकृया दिनुहोस्