कर्मचारीलाई काेराेना देखिएपछि राष्ट्रिय वाणिज्य बैंककाे जुम्ला शाखा सिल

जुम्लास्थित राष्ट्रिय वाणिज्य बैंककाे शाखामा कार्यरत तीनजना कर्मचारीलाई कोरोना भाइरसकाे संक्रमण देखिएपछि बैंक सिल गरिएको छ। 

एक जना नगद सहायक, एक जना सुरक्षा गार्ड र एक जना कार्यालय सहयोगीलाई कोरोना संक्रमण देखिएको हो। 

कर्मचारीमा संक्रमण देखिएपछि कन्ट्रयाक ट्रेसिङ गर्नका लागि बैंक सिल गरिएको शाखा प्रबन्धक ओमबहादुर शाहीले बताए।

संक्रमित तीन जना कर्मचारी  होम आइसोलेसनमा छन्।

'कार्तिक १८ गते कार्यालय सरसफाईसहित सेनिटाइजन गरेपछि मात्र १९ गतेदेखि बैंक सञ्चालनमा ल्याउने तयारी भइरहेको छ,' उनले भने, 'बैंक सेनिटाइज गर्नका लागि जिल्ला प्रशासन कार्यालयसँग समन्वय भइरहेकाे छ। तर सेनिटाइज गर्न ढिलाई भएपछि २/३ दिन बैंक सञ्चालनमा नआउन पनि सक्छ।'

यसअघि कृषि विकास बैंक जुम्लाका कर्मचारीलाई पनि कोरोना संक्रमण देखिएको थियो। 

गत चैतयता जुम्लामा संक्रमित हुनेको संख्या तीन सय ५३ पुगेको छ। सोमबारसम्म ३८ जना सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित मिति: : 2020-11-02 21:00:00

प्रतिकृया दिनुहोस्