नरवणे नेपाल आइपुगे (भिडियाेसहित)

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल आइपुगेका छन्।

प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा नरवणे बुधबार उनी काठमाडौं आइपुगेका हुन्।

नेपालका तर्फबाट राष्ट्रपतिले प्रदान गर्ने नेपाली सेनाको मानार्थ महारथी दर्जा लिनका लागि उनी नेपाल आइपुगेका हुन्। 

पहिलो दिन कुनै औपचारिक कार्यक्रम राखिएको छैन तर, नेपालस्थित भारतीय दूतावासको समन्वयमा अनौपचारिक भेटघाट हुनेछन्।

बिहीबार मानार्थ महारथीको दर्ज्यानी चिन्ह लगाउने कार्यक्रम शितलनिवासले राखेको छ। 

उनलाई राष्ट्रपति विद्घादेवी भण्डारीले औपचारिक समारोहबीच दज्र्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ। 

शितलनिवासको कार्यक्रम अघि नै नरवणेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम तय भएको छ। त्यसपछि उनले जङ्गीअड्डामा सैनिक गारत निरीक्षण गर्नेछन्। 

यस्तै उनले समकक्षी नेपाली सेनाका महारथी पूर्णचन्द्र थापासँग पनि बिहीबार नै औपचारिक सम्वाद गर्नेछन्।

छलफलपछि जंगीअड्डाका उच्च सैन्य अधिकृतहरुसँग उनले छलफल गर्नेछन्। नरवणेको सम्मानमा जंगीअड्डाले बिहीबार साँझ रात्रि भोजको समेत आयोजना गरेको छ।

भ्रमणको अन्तिम दिन शुक्रबार नरवणेले सैनिक स्टाफ कलेज, शिवपुरीमा शिक्षार्थीसँग अन्तरक्रिया गर्नेछन्। त्यसपछि प्रधानमन्त्री एवं रक्षामन्त्री ओलीलाई भेटेर स्वदेश फर्किने कार्यक्रम तय भएको छ।

उनी शुक्रबार स्वदेश फर्किने छन्।

प्रकाशित मिति: : 2020-11-04 12:01:00

प्रतिकृया दिनुहोस्