मिलानकाे २९ खेलकाे अपराजित यात्रामा पुर्णविराम

 इटालियन क्लब एसी मिलानकाे २९ खेलकाे अपराजित यात्रामा पुर्णविराम लागेको छ।

युइएफए युरोपा लिग अन्तर्गत शुक्रबार राति भएकाे खेलमा मिलानले घरेलु मैदानमा फ्रान्सेली प्रतिद्धन्द्धी लिलसँग ३–० को लज्जास्पद हार बेहोरेसँगै अपराजित यात्रामा पुर्णविराम लागेको हाे।

सानसिरोमा बिहीबार राति भएको खेलमा युसुफ याजिसीले ह्याट्रिक गरे।

उनले खेलकाे २१औँ मिनेटमा एलेसियो रोमागनोलीले जोनाथन डेभिडलाई लडाएपछिको प्राप्त पेनाल्टीमा याजिसीले गोल गर्दै लिललाई अघि बढाए। 

५५औँ मिनेटमा याजिसीले अग्रता दोब्बर पारे। त्यसको तीन मिनेटपछि नै याजिसीले गोल गर्दै खेलमा ह्याट्रिक पुरा गरे।

बाँकीसमयमा पाएकाे अवसर सदुपयोग गर्न नसक्दा मिलानले लज्जास्पद हार बेहार्न बाध्य बन्यो।

यो हारले समूह ‘एच’ मा शीर्षस्थान गुमाउदा लिल शीर्षस्थामा फर्किएको छ। लिलको ३ खेलबाट ७ अंक पुगेको छ। मिलानको ६ अंक छ। स्पार्टा प्रागको ३ तथा सेल्टिकको १ अंक छ।

प्रकाशित मिति: : 2020-11-06 07:16:00

प्रतिकृया दिनुहोस्