जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

Breaknlinks
Breaknlinks

जिप दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–२ कफलकोटका ३३ वर्षीय वीरबहादुर कुँवर रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

दोगडाकेदार–३ सिल्लेगडाबाट कफलकोटतर्फ गइरहेको ग१ज ५१९२ नम्बरको बोलेरो जिप शनिबार राति ८ बजेतिर हुलाक भन्ने स्थानमा दुर्घटनामा परेको हो।

दुर्घटनामा परी दोगडाकेदार–३ श्रीकोटका जिपचालक २३ वर्षीय दीपक चन्द घाइते भएका छन्। उनको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ।

जिपमा दुई जना मात्रै सवार रहेको बताइएको छ । जिप सडकबाट ४० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

जिप दुर्घटनाको कारण भने खुल्न सकेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: : 2020-11-08 09:13:00

प्रतिकृया दिनुहोस्