मोबाइलले कसरी हामीलाई यान्त्रिक र रोगी बनाउँदैछ ?

अनलाइनखबर

काठमाडौँ
तस्बिर : अनलाइनखबर

डा. हेमराज कोइराला

कम्प्युटर, ल्यापटप, मोवाईल, जस्ता विद्युतिय उपकरणहरूलाई एकमुष्ठ रुपम ईलेक्ट्रोनिक्स ग्याजेट्स भनिन्छ । यी उपकरणको प्रयोग गर्न थालेपछि हाम्रो जीवनशैली बदलिएको छ । जीवनका हरेक पाटामा यी यन्त्र एवं उपकरणहरूको प्रयोग हुन थालेपछि हाम्रो जीवन अत्यन्त  सुगम बनेको छ । तर हाम्रो जीवनशैलीमा लामो समयदेखि घुलमिल भईरहँदा यी यन्त्र एवं उपकरणहरूले मानव स्वास्थ्यमा गहिरो असर समेत पु¥याउँदै गएको छ ।

यी उपकरणहरूको यथोचित प्रयोग गर्न जाने हाम्रो जीवन सुगम बन्दछ भने अनुचित एवम् अत्यधिक प्रयोगले स्वास्थ्यमात्र हैन, मानसिक स्थिती खराब गर्छ, आर्थिक अवस्था डामाडोल बनाइदिन्छ ।

के के छन स्वास्थ्यमा असर ?

१. आँखामा असर

विद्युतिय उपकरणहरूको अत्याधिक प्रयोगले असर पर्ने प्राथमिक अङ्ग भनेको हाम्रो आँखा नै हो । यी उपकरणको स्क्रिनबाट उत्सर्जन हुने प्रकाशले हाम्रो आँखालाई नरम्रो असर पार्दछ । लगातार स्क्रिनमा हेरिरहँदा आँखामा कम्प्युटर भिजन सिन्ड्रोम नामक श्रृङ्खलाबद्ध समस्या देखा पर्ने गर्दछ । विशेषगरी मोबाइलफोन, ट्याबलेट, ल्यापटप वा कम्प्युटरको स्क्रिनमा लगातार हेर्दा हाम्रो आँखामा सुक्खापन बढ्न जान्छ ।

प्रकाशित मिति: : 2020-11-08 11:32:00

प्रतिकृया दिनुहोस्