रुद्र गुरुङ : एउटा कुकुरले बदलिदियो जीवनको मो

अनलाइनखबर

काठमाडौँ
तस्बिर : अनलाइनखबर

टोकियो युनिभर्सिटीका प्रोफेसर एजाबुरो यूनोले यात्राका क्रममा एक बेवारिसे कुकुरको बच्चा फेला पार्छन् । त्यो कसको हो ? सोधीखोजी गर्छन् । तर, कुकुरको मालिक भेटिदैन । उनले कुकुरको बच्चा आफ्नो घरमा ल्याउँछन् ।  आफुसँगै पाल्छन् । कुकुरको नाम, हचिको ।

यस क्रममा हचिकोसँग उनको सम्बन्ध यति प्रगाढ हुन्छ कि, उनीहरु एकसाथ टिभी हेर्ने, खेल्ने गर्छन् । जब प्रफेसर एजाबुरो यूनो दिनहुँ रेल यात्राबाट आफ्नो युनिभर्सिटी आउजाउ गर्छन्, कुकुरले उनको साथ छाड्दैन । निरन्तर पच्छ्याइरहन्छ । आखिर यो क्रम पनि नियमित जारी रहन्छ । सधै प्रोफेसरको पछि लागेर हचिको युनिभर्सिटीको अघिल्तिर पुग्छन् । दिनभर त्यहीको पार्कमा बस्छन् । र, साँझ प्रोफेसरसँगै घर फर्किन्छन् । उनीहरु एकअर्कासँग यसरी रमाउँछन् कि, कुनै हालतले अलग हुनै सक्दैन ।

तर, समय सधै एकनास हुँदैन । सधै झै एकदिन हचिकोले आफ्ना मालिकलाई कुरेर बस्छन्, मालिक फर्कदैनन् । हचिको कुरिरहन्छन् । कुरिरहन्छन् । प्रोफेसर एजाबुरो फेरी फर्केर आउँदैनन् । किनभने उनको युनिभर्सिटीमा अचानक मृत्यु भइसकेको हुन्छ ।

त्यसपछि दिनहरु वित्दै जान्छ । यद्यपि हचिको मालिकको पर्खाइमा त्यही बसिरहन्छ । एक दिन होइन, दुई दिन होइन । १० बर्षसम्म हचिको त्यसरी नै मालिकलाई पर्खिरहन्छ । यो प्रतिक्षा त्यसबेलासम्म रहन्छ, जबसम्म हचिकोको प्राण जादैन ।

 

प्रकाशित मिति: : 2020-11-08 16:04:00

प्रतिकृया दिनुहोस्